विश्वको नम्बर एक इन्टरनेट सर्च इन्जिन गुगल नेपालको आठौं गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्नो गुगल डुडल नेपालप्रति समर्पित गरेको छ।
गुगलले भनेको छ, ‘आज हामी नेपालीहरूको तागत र जस्तोसुकै अप्ठयारोसँग जुध्न सक्ने क्षमताप्रति सम्मान प्रकट गर्छौ। दशकौदेखिको आन्दोलन र क्रान्तिपछि नेपाल आजकै मितिमा सन् २००८को २५ तारिक अर्थात आजकै ८ वर्षअघि संघीय लोकतान्त्रिक गणतन्त्र बनेको थियो। सात वर्षपछि नेपाल शान्ति, वैभव र धीरताको अन्तराष्ट्रिय प्रतीक बनेको छ।’
गुगल अगाडि लेख्छ, ‘हालै नेपालले भोगेको विनाशकारी भूकम्पछि हाम्रो मन र मुटु सम्पूर्ण नेपाली तथा विपत्पछि प्रकोपमा परेका परिवारलाई राहत पुर्याउन काम गरिरहेकाहरूसँग छ।
त्यस्तै गुगलले भनेको छ-आजको गुगलडुडलले नेपालीलाई सम्झाउने छ, ‘उनीहरू सारा संसारका लागि प्रेरणा हुन र कठिनाईसँग जुध्न सक्ने उनीहरूको दृढ क्षमताले हामी सबैलाई बाटो देखाउने छ।’
गुगल लेख्छ, ‘डुडलमा बलिरहेका मैनबत्तीका तीन अर्थ छन्: राष्ट्रिय दिवसको उत्साह, वुद्धलाई प्रार्थना र बाटो पहिलाउनका लागि उज्यालो।’
अन्तमा गुगलले आफूहरू नेपालको पुन:निर्माण तथा सम्वृद्धिको शिखरतर्फको कठिन यात्रामा सघाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। उसले गुगल क्राइसिस रेस्पोन्स म्यापले नेपालको भूकम्प प्रभावित ठाँउ हेर्न र पर्सन फाइन्डरले आफ्ना आफन्त र साथी भेट्टाउन सहयोग गर्ने बताएको छ।
No comments:
Post a Comment