काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)ले भूकम्प पीडितको पुनस्थापनाको लागि थप ९० लाख अमेरिकी डलर (करिव ९० करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । यो घोषणासँगै भूकम्प पीडितको लागि अमेरिकी सहयोग ४ करोड ७० लाख अमेरिकी डलर (करिव ४ अर्ब ७० करोड रुपैयाँ) पुगेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा कूल सहयोग मध्ये ३ करोड २५ लाख अमेरिकी डलर यूएसआईडीबाट र १ करोड ४३ लाख डलर अमेरिकी रक्षा मन्त्रालयबाट नेपाललाई प्राप्त हुने उल्लेख छ । ‘नयाँ आर्थिक सहायताले सबैभन्दा नाजुक अवस्था रहेका जिल्लामा थप आपतकालिन वसोबास सामग्री, सुरक्षित पिउने पानी, स्वास्थ्य सामाग्री तथा सरसफाइ सेवा, मनोसामाजिक आवश्यकतालाई सम्बोधन गर्नेछ,’ विज्ञप्तिमा जनाइएको छ । यस्तै, अमेरिकी विदश मन्त्रालयको ब्युरो अफ इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्सले १७ लाख अमेरिकी डलर बराबरको सामाग्री प्रदान गर्ने दूतावासले जनाएको छ ।
No comments:
Post a Comment