बुधबार राति भएको आइपिएल ट्वान्टी–२० को इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्यलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।यस हारसँगै राजस्थान रोयल्सको यो वर्षको आइपिएल यात्रा समाप्त भएको छ । बेंगलोरले भने शुक्रबार चेन्नईसँग फाइनलका लागि अन्तिम क्वालिफायर खेल्ने छ । यी दुई बीचको विजेताले मुम्बई इन्डियन्ससँग आगामी आइतबार फाइनल खेल्ने छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाउन सफल भएको थियो । ब्याटिङका लागि राम्रो नमानिएको पुणेको खेल मैदानमा बेंगलोरका मध्यक्रमका ब्याटस्म्यान एबी डभिलिरर्स र मन्दिप सिंहले राम्रो ब्याटिङ गरेपछि राजस्थानले कठिन लक्ष्य पाएको थियो ।
एबी डी भिलियर्सले ३८ बलमा ६६ रन बनाउन सफल भएका थिए भने मन्दिप सिंहले ३४ बलमा ५४ रन बनाएका थिए । राजस्थानका बलरहरू बेंगलोरका ब्याटस्म्यानका सामु निरिह देखिए । राजस्थानका लागि धवल कुलकर्नीले ४ ओभरमा २८ रन दिँदै २ विकेट लिएका थिए ।
ठूलो लक्ष्य पछ्याउन आएको राजस्थानले दोस्रो ओभरमै सेन वाट्सनलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएपछि उसको विकेट पतन सुरु भएको थियो । अजिंक्य रहानेले राजस्थानको इनिङलाई केही सम्हाल्न खोजे पनि उनलाई साथ दिने कोही नभएपछि राजस्थानले ठूलो अन्तरले हार बेहोरेको हो । रहानेले ३९ बल खेल्दै ४२ रन बनाएका थिए । राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १०९ रन मात्र बनाउन सक्यो ।
No comments:
Post a Comment