इतिहासकै त्रासद मध्येको एउटा घटना दरबार हत्याकाण्ड भएको आज चौध बर्ष भएको छ । जेठ १९ , २०५८ शुक्रबारको त्यो रात दरबारमा राजा विरेन्द्र, रानी एश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत थुप्रै राजपरिवारका सदस्यहरुको मृत्यु भएको थियो भने युवराज दीपेन्द्र गम्भीर हालतमा थिए ।
त्यसको दुईदिन पछि दिपेन्द्रको पनि मृत्यु भयो। अनि नेपालको इतिहासमा ज्ञानेन्द्र शाह दोस्रोपटक राजा भए र उनले गठन गरेको छानबिन आयोगले नाम नखुलेको कालो पदार्थ सेवन गरी युवराज दिपेन्द्रले नरसंहार मच्चाएको र पछि आत्माहत्या गरेको भनेर प्रतिवेदन सार्वजनिक भयो यध्यपी त्यस प्रतिबेदन लाई अझै पनि प्राय नेपालीले साचो र यथार्थ हो भन्नेमा शंका गर्छन् ।
दरबार हत्याकाण्डको ६ महिना नपुग्दै संकटकाल लगाएर सेना परिचालन गर्नुपर्यो। त्यसको एकबर्षमा निर्वाचित सरकार भङ्ग गरेर नयाँ राजाले आफैंलाई प्रधानमन्त्री बनाएर राजतन्त्रको सबैभन्दा ठूलो शत्रु बन्नपुगे। भद्र ,अनुभवी र लोकप्रिय संवैधानिक राजा विरेन्द्रको मृत्युसँगै नयाँ राजा यस्ता कृयाकलापले राजतन्त्रप्रतिको आस्था र भरोसा निमिट्यान्न भयो।
यसरी नेपालमा गणतन्त्रको बिउले उर्वर जमिन भेट्टायो ।
ज्ञानेन्द्र शाह दोस्रोपटक राजा भए सातौं बर्षमा नेपालबाट एउटा परम्परागत शक्ति र सर्वस्विकार्य अभिभावकको रुपमा स्थापित राजतन्त्र बिधिवत रुपमा इतिहासको किताबको एउटा पानामा सिमित हुन पुग्यो ।