Showing posts with label darbar hatyakanda of nepal. Show all posts
Showing posts with label darbar hatyakanda of nepal. Show all posts

दरबार हत्याकान्ड को पारीणाम

इतिहासकै त्रासद मध्येको एउटा घटना दरबार हत्याकाण्ड भएको आज चौध बर्ष भएको छ । जेठ १९ , २०५८ शुक्रबारको त्यो रात दरबारमा राजा विरेन्द्र, रानी एश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत थुप्रै राजपरिवारका सदस्यहरुको मृत्यु भएको थियो भने युवराज दीपेन्द्र गम्भीर हालतमा थिए । 



त्यसको  दुईदिन पछि  दिपेन्द्रको पनि मृत्यु भयो। अनि नेपालको इतिहासमा ज्ञानेन्द्र शाह दोस्रोपटक राजा भए र उनले गठन गरेको छानबिन आयोगले नाम नखुलेको कालो पदार्थ सेवन गरी युवराज दिपेन्द्रले नरसंहार मच्चाएको र पछि आत्माहत्या गरेको भनेर प्रतिवेदन  सार्वजनिक भयो यध्यपी त्यस प्रतिबेदन लाई अझै पनि प्राय नेपालीले साचो र यथार्थ हो भन्नेमा शंका गर्छन् ।  

Royal Family
दरबार हत्याकाण्डको ६ महिना नपुग्दै संकटकाल लगाएर सेना परिचालन गर्नुपर्‌यो। त्यसको एकबर्षमा निर्वाचित सरकार भङ्ग गरेर नयाँ राजाले आफैंलाई प्रधानमन्त्री बनाएर राजतन्त्रको सबैभन्दा ठूलो शत्रु बन्नपुगे। भद्र ,अनुभवी र लोकप्रिय संवैधानिक राजा विरेन्द्रको मृत्युसँगै नयाँ राजा यस्ता कृयाकलापले राजतन्त्रप्रतिको आस्था र भरोसा निमिट्यान्न भयो। 
यसरी  नेपालमा गणतन्त्रको बिउले उर्वर जमिन भेट्टायो । 

ज्ञानेन्द्र शाह दोस्रोपटक राजा भए सातौं बर्षमा नेपालबाट एउटा परम्परागत शक्ति र सर्वस्विकार्य अभिभावकको रुपमा स्थापित राजतन्त्र बिधिवत रुपमा इतिहासको किताबको एउटा पानामा सिमित हुन पुग्यो ।