दशै आशिर्वाद



आयुर द्रोण सुते श्रेयम दशरथे , सत्रुक क्षेयम रघवे,
ऐश्र्वर्यम नहुशे , गतिस्च पवने, मानन्च दुर्योधने,
सौर्यम शान्त नवे, बलम हलधरे , सत्यस्च कुन्तीसुते ,
बिज्ञ।न बिदुरे, भवन्तु भबताम, किर्तिस्च नारायणे!

अर्थ 
आयुर द्रोण सुते - द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस्
श्रेयम दशरथे  - दशरथको जस्तै श्रेय पाइयोस्
सत्रुक क्षेयम रघवे - रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस्
ऐश्र्वर्यम नहुशे - नहुस राजाको जस्तै ऐश्वर्य होस्,
गतिस्च पवने - पवनको जस्तो गति होस्,
मानन्च दुर्योधने - दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस्
सौर्यम शान्त नवे - सूर्यका छोरा कर्णजस्तो दानी हुनु,
बलम हलधरे - हलोधारी बलरामजस्तै बलवान् हुनु,
सत्यस्च कुन्तीसुते  - कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु
बिज्ञ।न बिदुरे, भवन्तु भबताम - विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु,

किर्तिस्च नारायणे - भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु 

श्री नवदुर्गा स्त्रोत्र


गणेशः
हरिद्राभंचतुर्वादु हारिद्रवसनंविभुम्  
पाशांकुशधरं दैवंमोदकंदंतमेव


देवी शैलपुत्री
वंदे वाञ्छितलाभाय चंद्रार्धकृतशेखरां। 
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्


देवी ब्रह्मचारिणी
दधाना करपद्माभ्यामक्षमाला कमंडलू
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा

देवी चंद्रघंटेति
पिंडजप्रवरारूढा चंदकोपास्त्रकैर्युता
प्रसादं तनुते मह्यं चंद्रघंटेति विश्रुता

देवी कूष्मांडा
सुरासंपूर्णकलशं रुधिराप्लुतमेव
दधाना हस्तपद्माभ्यां कूष्मांडा शुभदास्तु मे

देवीस्कंदमाता
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी

देवीकात्यायणी
चंद्रहासोज्ज्वलकरा शार्दूलवरवाहना
कात्यायनी शुभं दद्यादेवी दानवघातिनी

देवीकालरात्रि
एकवेणी जपाकर्णपूर नग्ना खरास्थिता
लंबोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी
वामपादोल्लसल्लोहलताकंटकभूषणा
वर्धनमूर्ध्वजा कृष्णा कालरात्रिर्भयंकरी

देवीमहागौरी
श्वेते वृषे समारूढा श्वेतांबरधरा शुचिः
महागौरी शुभं दद्यान्महादेवप्रमोददा

देवीसिद्धिदात्रि
सिद्धगंधर्वयक्षाद्यैरसुरैरमरैरपि
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी


यस वर्षको दसैँको टीकाको साइत बिहान १० बजेर ५५ मिनेटमा

काठमाडौँ  – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ । 
घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भने ।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिए ।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।
चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।
दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराए  ।