चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी




भूकम्पको सतहदेखि १० किलोमिटर भित्र केन्द्र रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी एक जनाको मृत्यु भएको खबर अाए पनि क्षतिको यकिन विवरण अाउन बाँकी छ । 
दक्षिण अमेरिकी देश चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ ।भूकम्प चिलीको राजधानी सेनटियोगोदेखि दुई सय ४६ किलोमिटरको दूरीमा रहेको उत्तर-पश्चिम तटीय क्षेत्रलाई केन्द्र विन्दु बनाएर स्थानीय समय अनुसार सात बजेर ५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

उक्त इलाकाको वालपरासियो पोर्टमा सुनामीको सूचक घन्टीको आवाज आइरहेको छ भने सो क्षेत्रमा रहेका इलाकाका बस्तीहरु खाली गरिएको छ ।भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने पेसेफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

सद्भावना पार्टीले संविधानलाई असोज तीन गते देशभरी जलाउने


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज तीन गते देशभरी जलाइने र त्यो दिनलाई कालो दिवसका रुपमा मनाउने बताएका छन् ।


बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीका अध्यक्ष महतोले मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार सम्बोधन नहुने यो संविधानलाई दुई तिहाई जनताले अस्वीकार गर्ने दाबी गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।


मधेसबाट जितेर संविधानसभामा प्रतिनिधित्व गरिराखेका कांग्रेस, एमाले र एमाअोवादीका मधेसी सभासद् मधेसी जनतालार्इ धोका दिएर संविधान निर्माण प्रक्रियामा सहभागी रहेकाले ती जनप्रतिनिधीलार्इ अब जनताले समात्ने बेला अाएको महतोले बताए । असोज तीन गतेभन्दा पहिला मधेसी जनताले अाफ्ना जनप्रतिनिधीलार्इ दबाब दिएर संविधानसभाबाट फिर्ता बोलाएर भने मात्र संविधान मधेसको पक्षमा अाउन सक्ने अाश रहेको तर त्यसो भएन भने मधेसले पाएका उपलब्धी पनि गुमेर जाने महतोको भनाइ थियो ।